‘रोयल कृष्ण’ले पाए तरुण दल प्यूठानको कार्यबाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल तरुण दल प्यूठानका उपाध्यक्ष कृष्णप्रसाद बसेल ‘रोयल कृष्ण’ले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

बुधबार तरुण दल प्यूठानका अध्यक्ष सनत श्रेष्ठले प्रथम उपाध्यक्ष बसेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारीसहितको पत्र दिएका हुन् । अध्यक्ष श्रेष्ठले कार्यबाहक दिने क्रममा विविध कारण जनाउँदै बसेललाई जिम्मेवारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले बसेललाई तरुण दल र नेपाली कांग्रेसको संगठन निर्माणमा काम गर्न निर्देशन पनि दिएका छन् ।

अध्यक्ष श्रेष्ठले बसेललाई कार्यबाहक अध्यक्ष दिएको बोधार्थ नेपाली कांग्रेस प्यूठान र नेपाल तरुण दल केन्द्रीय कार्यसमितिलाई दिएका छन् ।

Published : Wednesday, 2023 September 27, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया