रक्सी पिएर झल्लु भएका मन्त्रीका छोराद्वारा काठमाडौंमै सरकारी गाडी दुर्घटना, कारबाही भएन

काठमाडौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीका छोरा राहुल रायले मादक पदार्थ सेवन (मापसे) गरेर सरकारी गाडी दुर्घटना गराएका छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–२ मा राहुलले रक्सी पिएर झल्लु भएर सरकारी नम्बर प्लेटको सवारी साधन चलाउँदा दुर्घटना गराएको प्रहरी स्रोतले जनाएको छ । राज्यमन्त्री प्रमिला जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट मन्त्री बनेकी हुन् । उनका छोराले रक्सी पिएर सरकारी गाडी दुर्घटना गराएपछि आलोचना भएको छ ।
राज्यमन्त्री मन्त्री प्रमिलाका छोरा राहुलले तीन अगाडि बि.ए.बी. ७३८५ नम्बरको स्कोर्पियो गाडीलाई दुर्घटना गराएका हुन् । स्कोर्पियो र मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे बल्खुतर्फ आउँदै गरेका राहुलले मन्त्रालयबाट जारी हल्का सवारी चालकको परिचयपत्र देखाएका छन् ।

राहुलले चलाएको स्कोर्पियोको ठक्करबाट चार जना सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।
राज्यमन्त्री प्रमिलाका छोरा राहुलले रक्सी सेवन गरेर झुक्कलु भएर गाडी चलाएको आरोप छ । राज्यमन्त्रीको छोरा भएकै कारण राहुललाई मापसे गरेको कसूरमा कुनै कारबाही भएको छैन ।
दुर्घटनापछि विवाद हुँदा राहुलले ‘एपल साइडर’ पिएको स्वीकारेका छन् । प्रहरी प्रभाग फर्पिङले १ रात राहुलको गाडी होल्ड गरेको थियो ।
भोलिपल्ट दुवै पक्षले आ–आफ्नो सवारी साधन आफैँले बनाउने सहमति गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया