एसपी काफ्ले आउनेवित्तिकै बारा नाजुक, भारतीयले मान्छे ल्याएर गोली हानी हत्या

काठमाडौं । बारा जिल्लामा भारतीय नागरिकहरूले गोली हानेर भारतीय नागरिककै हत्या गरेका छन् ।
मंगलबार साँझ नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ पचरौता नगरपालिका वडा नं. ६ लक्ष्मीनियामा रहेको पोखरी नजिक रामपुकार सिंहका छोरा २२ वर्षीय अजितकुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेद्वारा बुधबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ ।
गोली लागेर हत्या भएका अजितकुमार सिंहको घर भारतको मोतीहारी, दर्पा थाना–१, सुक्लहिया गाउँ बस्ने रहेका छन् ।
अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको सम्बन्धमा बारा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा मृतक अजितकुमार सिंहसँगै भारतको मोतीहारी, दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २५ को सुजितकुमार सिंह लगायत सोही ठाउँ बस्ने वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ को मनीषकुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुई वटा अनटेष्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
बाराको पचरौता नगरपालिका वडा नं. ६ लक्ष्मीनियास्थित रहेको पोखरी नजिक पुगेपश्चात सँगै एउटै बाईकमा पछाडि बसेका सुजितकुमार सिंहले मृतक अजितकुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरी सोही अनटेष्ट मोटरसाईकलमा भारततर्फ भागेको गएको प्रवक्ता न्यौपानेले बताएका छन् ।
घट्नास्थलबाट प्रहरीले एक थान गोली र एक थान गोलीको खोका बरामद गरेको जनाएको छ ।
घट्नास्थलको सम्पूर्ण प्रारम्भीक अनुसन्धानको कार्य पश्चात शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ । घटनाको अन्य थप अनुसन्धानको कार्य भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख (एसपी) सुरेश काफ्ले छन् । काफ्लेले बाराको कमाण्ड सम्हाल्नेवित्तिकै हत्या लगायतका घटनामा वृद्धि भएका छन् ।
दुई दिन अगाडि पनि बारामा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी जवानको शव भेटिएको थियो । बारा जिल्लाको शान्ति सुरक्षा निकै कमजोर भएको स्थानीयले गुनासो गर्न थालेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया