मन्त्री शरतसिंह भण्डारीका कति वटी छन् पत्नीहरू ? निर्जला बैध कि अबैध ?

काठमाडौं । नयाँ पत्रिका दैनिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको कान्छी पत्नीको नाम सार्वजनिक गरेर सनसनी ल्याइदिएको छ ।

नयाँ पत्रिका दैनिकको मंगलबार प्रकाशित समाचारमा लेखिएको छ, ‘अर्का वरिष्ठ नेता एवं श्रममन्त्री शरतसिंह भण्डारीले श्रीमती र छोरीलाई पदाधिकारी बनाएका छन् । भण्डारीकी श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिइएको छ । छोरी सृष्टिसिंह भण्डारीलाई सचिव बनाएका छन् ।’

मन्त्री भण्डारीकी पत्नी रश्मीसिंह भण्डारी हुन् । मन्त्री भण्डारी र रश्मीसिंहबीच सम्बन्ध बिच्छेद भएको छैन । रश्मी ललितपुरको भैसेपाटीमा रहेको निवासमा बस्दै आएकी छिन् । मन्त्री भण्डारी आफ्नी पत्नी रशमीसँगै बस्दै आएका छन् ।

मन्त्री भण्डारी र रश्मीसिंहबाट तीन छोरीहरू छन् । दुई छोरीको विवाह भइसकेको छ । एक छोरीको विवाह हुन बाँकी ।
मन्त्री भण्डारी र रश्मीसिंहकी जेठी छोरी सृष्टिसिंह भण्डारीको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रास्वपाका सांसद बिराजभक्त श्रेष्ठसँग विवाह भएको छ ।


घरमा श्रीमती रहेकी मन्त्री भण्डारीलाई नयाँ पत्रिका दैनिकले पूर्वसांसद निर्जला राउतसँग विवाह भएको भनेर समाचार प्रकाशित भएपछि खैलाबैला भएको छ । नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको विवाहसम्बन्धी समाचार सत्य हो भने मन्त्री भण्डारी बहुविवाहमा पर्नेछन् । भण्डारीको मन्त्री पद फुत्किने सम्भावना ठूलो छ ।

निर्जलाको विवाह भारतीय नागरिकसँग भएको थियो । निर्जला हाल पतिसँग छैनिन् । निर्जलाका दुई छोरीहरू छन् । ती छोरीहरू अमेरिकामा अध्ययनरत छन् ।


निर्जला राउतको स्थायी घर सिरहा जिल्लामा पर्छ । राउतलाई राजनीतिमा ल्याउन ठूलो भूमिका भण्डारीको छ । तर, उनीहरूबीच विवाह भएको औपचारिक दस्तावेज छैन । यस्तो अवस्थामा नयाँ पत्रिका दैनिकले मन्त्री भण्डारीकी पत्नी भनेर निर्जलालाई लेखेपछि खोजीको विषय बनेको छ ।

पूर्वसांसद निर्जला राउत पनि भैसेपाटीमा रहेको आफ्नै घरमा बस्दै आएकी छिन् । निर्जलाले महोत्तरीको बर्दिबासमा होटल पनि सञ्चालन गर्दै आएकी छिन् ।

पूर्वसांसद निर्जला राउतलाई नयाँ पत्रिका दैनिकले तपाई र शरतसिंह भण्डारीबीच विवाह गराइदिएछ नि ? भनेर राखिएको जिज्ञासामा उनले विवाहको कुरा अस्वीकार गरिन् ।

मन्त्री भण्डारीसँग निर्जला राउतलाई नयाँ पत्रिका दैनिकले पत्नी भनेर लेखेको विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन् ।

Published : Tuesday, 2023 September 26, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया