रत्न महर्जनसहित चार जना काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न सातभन्दा बढी स्थानमा सुन किन्ने बहानामा चोरी गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्कुटर प्रयोग गरी सुन पसलको गरगहना किन्ने बहानामा चोरी गर्ने तारकेश्वरका ३३ वर्षीय रत्न महर्जन, २२ वर्षीय सुमन पुतुवार, नुवाकोटका ३६ वर्षीय वीरेन्द्र बिक र स्थायी घर भारत भई हाल काठमाडौं बस्ने ३७ वर्षीय हनुमन्त फाँडे पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
Published : Tuesday, 2023 September 26, 7:49 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया