डोल्पा कांग्रेसका सभापतिको कर्तुत् देउवाद्वारा खारेज, केन्द्रीय समितिमा बुढाले उठाए कुरा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले डोल्पा कांग्रेसका सभापति दीपेन्द्र शाहीले ज्वाइँ पूर्णबहादुर शाहीलाई कार्यबाहक सभापति दिएपछि विरोध भएको छ ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य कर्णबहादुर शाहीले डोल्पा कांग्रेसका सभापति दीपेन्द्रबहादुर शाहीले आफ्ना ज्वाइँ पर्ने जुनियर उप–सभापति पूर्णबहादुर शाहीलाई कार्यबाहक सभापति बनाएको भनेर विरोध जनाए ।

केन्द्रीय सदस्य कर्ण बुढाले आपत्ति जनाएपछि सभापति शेरबहादुर देउवाले सिनियर उप–सभापतिले नै कार्यबाहक पाउने बताए । देउवाले कार्यबाहक कसले पाउने भन्ने विषयमा पार्टीको केन्द्रीय कार्यालय सबै मातहतलाई लेखेर परिपत्र गरिसकेको बताए । सभापति देउवाले भने, ‘हुँदैन । लेखेर पठाएको छ । सिनियर उप–सभापतिले कार्यबाहक पाउँछ ।’

डोल्पा कांग्रेसका सभापति ठेकेदार हुन् । ४/५ ठाउँमा ठेक्का लिएर काम गर्न नसकेर भागेका छन् । ठेक्का लिएर पेटीमा बिक्री गर्ने कार्य गर्दै आएका दीपेन्द्र शाहीविरुद्ध प्रहरीमा पनि उजुरीहरू छन् ।

करोडौं रकम तिर्नु पर्ने भएपछि सभापति दीपेन्द्र शाही फरार भएका छन् । भागेर हिँड्छन् । उनी प्रहरीको फन्दामा परिसकेका छन् । पीडितहरूले सभापति दीपेन्द्र शाहीलाई खोजेका छन् । भेट्नेवित्तिकै सभापति दीपेन्द्र शाहीको करङका पाता खुस्किनेवाला छन् । पीडितहरूले उनलाई भेट्नेवित्तिकै हदैसम्मको कारबाहीको तयारी गरेका छन् । त्यो थाहा पाएपछि दीपेन्द्र शाही भूमिगत छन् ।

सभापति शाहीले पार्टीको विधान विपरित जुनियर उप–सभापति पूर्णबहादुर शाहीलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि सिनियर उप–सभापति लवकुमार शाहीले कांग्रेसको केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् ।

केन्द्रीय सदस्य कर्ण बुढाले भने, ‘मेरो जिल्लाको सभापति २०७९ सालको स्थानीय चुनावदेखि अहिलेसम्म जिल्ला कार्यसमितिको बैठक बसाल्न सक्ने वातावरण भएको छैन ।’

‘पार्टीको कुनै पनि कार्यक्रममा सभापति सहभागी भएको छैन । आज म कता कता सुन्छु बेपत्ता भएको मान्छे आफ्नै मान्छेलाई आफ्नै ज्वाइँलाई कार्यबाहक सभापति दिएको सुनेको छु’, उनले भने ।

नेता बुढाले भने, ‘सिनियर उप–सभाति हुँदाहुँदै जुनियर उप–सभापतिलाई कार्यबाहक दिएको भए त्यो उचित हुनेछैन ।’

नेता कर्णले कांग्रेसमा प्रवेश गरेपछि राप्रपाबाट आएका साथीहरूलाई प्रदेश र संघ वा अन्य ठाउँमा अवसर नदिइएको गुनासो गरेका छन् । उनले कार्यकर्ताको मनोवल बढाउन अवसर दिनुपर्ने बताए ।

नेताहरूले घरमा धाउनेलाई तरुण दल, नेविसंघको केन्द्रीय सदस्य बनाएको भन्दै यसरी जाने हो भने संगठन बलियो बन्न नसक्ने बताए ।

Published : Sunday, 2023 September 24, 2:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया