सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ ।
शुक्रबार गृह मन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरेको हो । सहमतिसँगै आन्दोलन फिर्ता भएको छ । आइतबारदेखि देशभरिका सरकारी विद्यालयहरू खुल्नेछन् ।
यसअघि शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो ।
देशभरका शिक्षकहरू विद्यायल नै बन्द गराएर तीन दिनदेखि काठमाडौंमा आन्दोलनरत थिए ।



Published : Friday, 2023 September 22, 8:02 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया