अख्तियारले ३६ जनालाई विशेषबाट घिसारेर सर्वोच्च लग्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
विभिन्न मितिमा फैसला भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
नक्कली बिल भरपाई बनाई सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार आज पुनरावेदन दिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
भ्रष्टाचार सम्बन्धी मुद्दामा दीपा रेग्मीसहित ३६ जना प्रतिवादी रहेका छन् ।
Published : Thursday, 2023 September 21, 11:12 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया