नक्कली भुटानी शरणार्थी काण्डको मुद्दाबारे पाटन उच्च अदालतको यस्तो रह्यो अवस्था र कारण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तोकिएको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
पाटन उच्च अदालतमा ध्रुबराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा पेशी तोकिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्न नभ्याइनेमा परेपछि तनाब भएको छ । अन्य मुद्दाको सुनुवाइका कारण हेर्न नभ्याइने भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयसहित २० जनाको पुनरावेदन निवेदन परेको छ । यसअघि जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।
ठगी लिखत कीर्ते राज्यबिरूद्धको र संगठित अपराधमा धरौटीमा थुनामुक्त हुन पाउँ भनेर नरेन्द्र केसीसहित २० जनाले उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।
थुनुवाहरू नरेन्द्र के.सी., टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा.ईन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आषिश बुढाथोकी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरूङ, बालकृष्ण खाण, टोपबहादुर रायमाझी, सागर राई र रामशरण के.सी.ले धरौटीमा रिहाइको माग गरेर निवेदन दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया