कथित जनयुद्ध लडेको माओवादी स्खलित भयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम फेर्ने निर्णय गरेको छ । कथित जनयुद्ध लडेको दाबी गर्ने माओवादीले नाम परिवर्तन गर्ने भनेपछि सो पार्टी स्खलित भएको चर्चा चलेको छ ।
विभिन्न वामपन्थी दलसँग पार्टी एकता गर्न पहल गरिरहेको माओवादी केन्द्रले पार्टीको नाम फेर्न लागेको हो ।
माओवादी केन्द्रले लामो समयदेखि नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपालगायतसँग एकताका लागि पहल र छलफल गर्दै आएको छ ।
पार्टीको नाम फेर्नेबारे आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने माओवादी केन्द्रको भनाइ छ ।
माओवादी नाम राख्दा अन्य वामपन्थी दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दलसँग एकता नगर्ने भएकाले नाम फेर्ने उक्त पार्टी तयार भएको छ ।
भदौ २५ गते बसेको माओवादी केन्द्रका पदाधिकारीको बैठकले नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टभित्र रहेको माओवादी केन्द्रबारे नामबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिने निर्णय गरेको छ ।
पार्टी एकताका लागि भदौ ३० गतेमा दाहाल र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेको पत्रमा भनिएको छ, ‘दुबै पक्षबीचको वार्ताको क्रममा पार्टी एकताको लागि पार्टीको नाम सम्बन्धमा छलफल चलिरहेको छ । यसै क्रममा यही भदौ २५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरु)को बैठकमा पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्ट भित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ ।’
तत्कालका लागि वर्तमान सत्ता गठबन्धन जोगाउन र दीर्घकालीन रुपमा पार्टी एकता गरेर ठूलो शक्ति बन्ने उद्देश्यका राखेर चार दलले मोर्चाले सन्देशसभा गर्दै आएका छन् ।
उनीहरूसँग समाजवादी मोर्चा गठन गरेर एक चरणको प्रदेशस्तरीय कार्यक्रमसमेत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया