तरुण अध्यक्ष गुरुङद्वारा संविधान दिवसको अवसरमा शुभकामना प्रदान

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले संविधान दिवसको शुभकामना दिएका छन् ।
बुधबार अध्यक्ष गुरुङले संविधान दिवसको ऐतिहासिक दिन भएको भन्दै संविधान दिवसका अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष गुरुङले संघीयता, धर्म निरपेक्षता, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधानले सबै जात, धर्म, लिङ्ग, वर्गको भावनालाई सम्बोधन गरेको बताएका छन् ।
गणतन्त्रको अझै पनि पूर्ण संस्थागत हुन नसकेको बेला चुनौतीहरू चिर्दै संविधानको मर्म अनुरूप राष्ट्रमा सुशासन कायम गर्नु सबैको जिम्मेवारी भएको उनले बताएका छन् ।
Published : Thursday, 2023 September 21, 1:16 am
फेसबुकबाट तपाईको प्रतिक्रिया