अध्यागमन विभागको महानिर्देशकमा तामाङको सरुवा, सीडीओहरू पनि हेरफेर

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सह–सचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ ।
विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो ।
तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह–सचिव जयनारायण आचार्यलाई लगिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सह–सचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ । सुवेदीलाई दाङको सीडीओमा सरुवा गरिएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा भएको छ ।
रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ । गृह मन्त्रालयका सह–सचिव गणेश अर्याललाई रुपन्देहीको सिडियोमा सरुवा गरिएको छ ।
मन्त्रालयमा सह–सचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । बागलुङका सीडीओ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया