कांग्रेसको महोत्सवमा नाम चलेका साहित्यकार र कम्युनिस्ट पनि सहभागी, मंगलबार समापन हुने

काठमाडौं । ऐतिहासिक वीपी साहित्य महोत्सव २०८० को दोस्रो वीर गणेशमान चलचित्रको प्रदर्शन भएको छ ।
दोस्रो दिन सोमबार भएको पहिलो सत्रमा मित्रराष्ट्र भारतबाट आएका प्राध्यापक आनन्द कुमारको मार्क्स गान्धी एण्ड वीपी क्वेस्ट फर डेमोक्रेटिक सोलिजम टुडे सम्भाषण रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्राध्यापक आनन्दले वीपी कोइराला नेपालकै परिभाषा बनेको बताए । उनले वीपी कोइरालाले गणेशमाान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शम्शेर जस्ता सारथीहरू पाएको बताए ।
मार्क्स, गान्धी र वीपीमा केही समानता रहेको उनल बताए । मार्क्स पूँजीवादविरुद्ध, गान्धी साम्राज्यवादविरुद्ध र वीपी कोइराला सामान्तवादका विरूद्ध लडिरहनु परेको उनले बताएका छन् ।
सत्रको अन्त्यमा कार्यक्रमका संयोजक एवं सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई महोत्सवको लोगो अंकित मायाको चिनो प्रदान गरेका छन् ।
पाँच वटा शीर्षकमा सत्रहरू संचालन भएका छन् । दोस्रो सत्र वीपीले नपाएका १५ वर्षको सहजीकरण पार्टीका महामन्त्री गगनकुमार थापाले गरेका छन् ।
वक्ताको रुपमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा रहेका थिए । लाइभआर्ट महेश आचार्यले गरेका छन् । वीपीका आख्यानमा मधेश शीर्षकको तेस्रो सत्रमा वक्ताका रुपमा सनत रेग्मी, नयनराज पाण्डे र संजीता वर्मा रहेका थिए । सहजीकरण श्याम साहले गरेका छन् । लाइभआर्ट धनबहादुर याखाले गरेका छन् ।
चौथो सत्र अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा वीपी रहेको थियो । सो सत्रमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का, पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ईन्द्र अधिकारी वक्ताको रुपमा रहेका थिए । सुधिर शर्माले सत्रको सहजीकरण गरेका थिए । रविन कोइरालाले लाइभ आर्ट गरेका थिए ।
पाँचौँ सत्र युवा स्रष्टामा वीपी पठनमा वुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराई वक्ताका रुपमा रहेका थिए । वसन्त बस्नेतले कार्यक्रमको सहजीकरण गरेका थिए । लाइभ आर्टमा जजुकाजी श्रेष्ठ गरेका छन् ।
सोमबार साँझ गजल साँझको रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ । करीब ३० जना गजलकारहरूले गजल प्रस्तुत गरेका थिए । गजलको सहजीकरण ईन्द्र लम्सालले गरेका छन् । विभिन्न सत्रहरूको बीचमा सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबार राखिएको रक्तदान कार्यक्रम पनि राखिएको छ । ६६ जनाले रक्तदान गरेका छन् ।
मंगलबार भदौ २६ गते निर्धारित समयमा महोत्सवको कार्यक्रम शुरु हुनेछ । बिहान ९ बजेदेखि १०:५० बजेसम्म तीन घुम्ती चलचित्र प्रदर्शन गरिनेछ ।
बिहान ११ देखि १२ बजेसम्म चल्ने वीपीको समाजवादी परिकल्पनामा शिक्षा सम्भाषणमा वक्ताको रुपमा केदारभक्त माथेमा र सहजीकरणमा डिल्लीराम सुवेदी रहनेछन् ।
१२:१० देखि १:१० बजेसम्म संचालन हुने समावेशीता, सामाजिक रुपान्तरण र वीपी शीर्षकमा चित्रलेखा यादव, आहुती र मोहना अन्सारी वक्ताको रुपमा रहनेछन् । कार्यक्रमको सहजीकरण हरिबहादुर थापाले गर्नेछन् । लाइभआर्ट भने भीषण राजभण्डारीले गर्नेछन् ।
दिउँसो १:२० देखि २:२० सम्म संचालन हुने समय र सबार्ल्टनमा शिव रिजाल, तारालाल श्रेष्ठ र धनकुमारी सुनार वक्ताको रुपमा रहेका छन् । सहजीकरण कुमारी लामाले गर्नेछिन् । लाइभ आर्ट नरबहादुर बिकले गर्नेछन् ।
२:३० देखि ३:४० सम्म चल्ने वीपीका आख्यानमा नारी सत्रमा नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी वक्ताको रुपमा रहेका छन् । सहजीकरणमा सीमा आभास र लाइभ आर्ट सुनिता थापा रहेका छन् ।
अन्तिम सत्र ३:५० देखि ५:०० बजेसम्म संचालन हुनेछ । परिवारले बुझेका वीपी विचारको सत्रको वक्ताको रुपमा पार्टीका केन्द्रीय सदस्यहरू डा.शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहेका छन् । सहजीकरण जगत नेपालले गर्नेछन् । लाइभ आर्ट मुकेश मल्लले गर्नेछन् ।
५:१० देखि ५:३० बजेसम्म धन्यवाद ज्ञापनको कार्यक्रम रहेको छ । ५:४० देखि ७:०० बजेम्म चल्ने साङ्गीतिक साँझमा कुटुम्ब व्याण्डको प्रस्तुति रहनेछ । मंगलबार २६ गते हुने तीन दिने महोत्सवको अन्तिम दिनको कार्यक्रममा व्यापक सहभागिताका लागि कांग्रेसले अपील गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया