ललितपुरमा एपीएफलाई ठूलो धनराशिको किक बक्सिङको उपाधि

काठमाडौं । सर्वाधिक पदकसहित विभागीय टीम एपीएफ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा शनिबार सम्पन्न प्रतियोगितामा समान ४ स्वर्ण, रजत र कास्य पदकका साथ एपीएफ च्याम्पियन बनेको हो ।
३ स्वर्ण, १ रजत र ४ कास्यका साथ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो र २ स्वर्ण र १ रजत पदकका साथ फाइट क्लब तेस्रो भएको छ ।
स्ट्रोङगेस्ट एमटीकी सुष्मा चौधरी महिलातर्फ र सो क्योकोशिनका सागर दर्जी पुरुषतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी भएका छन् ।
सुष्मा महिला ५५ केजी र सागर पुरुष ६० केजजीका स्वर्ण पदक विजेता खेलाडी हुन् । उत्कृष्ट दुवैले समान २५ हजार रुपियाँ प्राप्त गरे एपिएफकी गौरी घर्तीमगर उदयीमान खेलाडी छनोट भइन् । टिम च्याम्पियन एपीएफले १ लाख, उत्कृष्ट मार्च पास टोली समेत घोषित भएको उप–विजेता आर्मीले ५० हजार र फाइट क्लबले २५ हजार रुपियाँ प्राप्त गरेका छन् ।
महिला र पुरुषमा समान ६ वटा गरि कुल १२ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । हरेक तौल समूहको विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रा भएका दुई खेलाडीले समान ८ हजार रुपियाँ प्राप्त गरेका छन् ।
महिलमा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला गरी ६ तौल तथा पुरुषमा ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र खुल्ला तौल गरी ६ तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
बिहीबारदेखि शुरु भएको प्रतियोगितामा देशभरका २ सय ८१ खेलाडीको सहभागिता थियो । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा उल्लेख खेलाडी र दर्शकको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए । समापनमा कांग्रेसका नेतासहित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका छन् ।
बाग्मती प्रदेश सांसद मीनकृष्ण महर्जनको परिकल्पनामा प्रतियोगिता भएको छ । हरेक वर्ष हुँदै आएको यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो किक बक्सिङ र पुरस्कार भएको दाबी गरिएको छ । कोरोनाका बेला यो प्रतियोगिता प्रभावित भएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जनले प्रतियोगितालाई निरन्तरता दिँदै आएका छन् ।
सहभागी खेलाडी र अतिथिलाई जिल्ला खेलकुद विकास समिति र ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले धन्यवाद दिएका छन् ।
वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताका पदक विजेता खेलाडी
महिलातर्फ
४५ केजी तौल समूह
स्वर्ण – रिना माझी (थेचो)
रजत – सलिना राई (थेचो)
कास्य – सिमा कुँवर (चापागाउँ) र लिलाकुमारी सापकोटा (एपिएफ)
स्वर्ण – सुष्मा चौधरी (स्ट्रोङगेस्ट)
रजत – दीपा शाही (एपिएफ)
कास्य – कमला बोहोरा (एपिएर्फ) र डोल्मा बोम्जन (माकवानपुर ओका)
५५ केजी तौल समूह
स्वर्ण – विद्या गुरुङ (एपिएफ)
रजत – अनुपा नेपाली (आर्मी)
कास्य – सपना आले (आर्मी) र उर्मिला थिङ (माकवानपुर ओका)
६० केजी तौल समूह
स्वर्ण– निशा बिके (एपिएफ)
रजत – अप्सारा कुमाल (आर्मी)
कास्य – अनिषा तामाङ (भक्तपर केबिसी) र चन्दा भुजेज (आईकेकेएफ)
६५ केजी तौल समूह
स्वर्ण – शिवानी श्रेष्ठ (फिटजेन)(
रजत – सुनिता बिके (एपिएफ)
कास्य– शोभा अधिकारी (आर्मी) र विभा गुरुङ (चापागाउँ)
खुला तौल समूह
स्वर्ण – मन्जु बिके (आर्मी)
रजत – मनिता राई (एपिएफ)
कास्य – दुर्गा महतारा (चापागाउँ) र रोजिना भुजेल (भक्तपुर केबिसी)
पुरुषतर्फ
५० केजी तौल समूहतौल समूह
स्वर्ण– धमेन्द्र राम (आर्मी)
रजत – अनिष परियार (एपिएफ)
कास्य – सुनिल तामाङ (काल भैरव ) र यामराज थापा (आर्मी)
५५ केजी तौल समूह
स्वर्ण – तीर्थराज थापा (फाइट क्लब)
रजत – एलिस बोम्जन (एनके बुदोकैदो)
कास्य – लक्पा तामाङ गोकर्ण र गुमान घर्तीमगर (चितवन)
६० केजी तौल समूह
स्वर्ण – साागर दर्जी (सो क्योकोशिनका)
रजत – पेमा छिरिङ (एपिएफ)
कास्य – लक्ष्मण श्रेष्ठ (काभ्रे) र सिरुश भुजु (भक्तपुर केबिसी)
६५ केजी तौल समूह
स्वर्ण – अर्जुन केसी
रजत – डाइमण्ड राई (फाइट क्लब)
कास्य – अमर सुनार (एपिएफ) र महेन्द्रबहादुर चन्द (सुदूरपश्चिम)
७० केजी तौल समूह
स्वर्ण – सन्नी सिंह (आर्मी)
रजत – सविन डिमडुङ (बुसिडो एमएमए)
कास्य – राजेश रायमाझी (हरिसिद्धी) र अशुतोष मुल्मी
७५ केजी तौल समूह
स्वर्ण – अनिष शाही (एपिएफ)
रजत – आशिष तामाङ (स्ट्रोङगेस्ट)
कास्य – जेनिश सिंह (सुदूरपश्चिम) र मिलन तामाङ (आर्मी)
खुला तौल समूह
स्वर्ण – साजन तामाङ (फाइट क्लब)
रजत – गणेश श्रेष्ठ
कास्य – सञ्जीप महर्जन (एपिएफ) र सृजन थापा (काभ्रे)
फेसबुकबाट तपाईको प्रतिक्रिया