वीपी महोत्सवका लागि विभागद्वारा ११ वटा समितिहरू गठन

काठमाडौं । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले वीपी महोत्सवलाई सफल बनाउने निर्णय गरेको छ ।

शनिबार ललितपुरको सानेपामा बसेको बैठकले सभापति शेरबहादुर देउवाद्वारा भदौ २४ गते बिहान उद्घाटन हुने त्री–दिवसीय (भदौ २४, २५ र २६ गते) ऐतिहासिक वीपी साहित्य महोत्सव— २०८० लाई सफल पार्न सूचना, संचार तथा प्रचार विभागका सदस्यहरूलाई जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार बिभागको आज पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसेको बैठकबाट नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भाद्र २४ गते बिहान उद्घाटन हुने त्री–दिवसीय (भाद्र २४, २५ र २६ गते) ऐतिहासिक “बिपी साहित्य महोत्सव — २०८०” लाई सफल पार्न सूचना, संचार तथा प्रचार बिभागका सदस्यहरुलाई निम्न अनुसारको जिम्मेवारी तोकिएको छ ।

अशोकनाथ योगीको संयोजकत्वमा व्यवस्थापन तथा अनुगमन समिति, ईन्द्र रिजालको नेतृत्वमा मिडिया संयोजन, राजु मास्केको संयोजनमा फेसबुक तथा टिकटक, मोती पौडलको संयोजनमा रेडियो तथा एफ.एम. समिति गठन भएको छ ।

दीपेन्द्र बान्तवाको संयोजनमा टी.भी. तथा ट्वीटर समिति, ई. हुकुमबहादुर बुढाको संयोजनमा प्रत्यक्ष प्रसारण समिति, लीलाराज खनालको संयोजनमा समाचार समिति, लबदेब ढुंगाना र विष्णुप्रसाद तिमिल्सिनाको संयोजनमा स्टल समिति गठन भएको छ ।

दिनेशबिक्रम शाहको संयोजनमा फोटो समिति, ई.अशोक शमाको संयोजनमा प्रविधि समिति गठन भएको विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् ।

Published : Saturday, 2023 September 9, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया