गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० जना उप–सचिवहरूको सरुवा गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले सीडीओसहित उप–सचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

उप–सचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

ओखलढुंगाकी प्रजिअ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय भोजपुरको सप्रजिअमा सरुवा गर्दै गृहमा काजमा ल्याइएको छ ।

धनकुटाका सप्रजिअ अञ्जन न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय डडेलधुराको प्रजिअ, इलाका प्रहरी कार्यालय सिमराका जनकराज पन्तलाई मुस्ताङको प्रजिअ बनाइएको छ ।

पर्साका सप्रजिअ भीमकान्त पौडेललाई बाजुराको प्रजिअ र जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रजिअ विश्वराज न्यौपानेलाई जिल्ला प्रशासन पाँचथरको सप्रजिअमा सरुवा गर्दै गृहमा काज गरिएको छ ।

उप–सचिव ज्ञाननाथ ढकाललाई इलाका प्रशासन फर्पिङमा पदस्थापन गरिएको छ । इलाका प्रशासन चन्द्रनिगाहपुरका सप्रजिअ झरेन्द्र प्रसाद चापागाईँलाई जिल्ला प्रशासन मकवानपुरको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

मकवानपुरका सप्रजिअ नेत्र प्रसाद शर्मालाई इलाका चन्द्रनिगाहपुर र मुस्ताङका प्रजिअ अनुप केसीलाई सप्रजिअ रौतहटमा सरुवा गरिएको छ ।

Published : Saturday, 2023 September 9, 12:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया