माओवादी सांसद दुर्गा राईद्वारा गाई-गोरु काट्ने कानून बनाउन माग
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई र गोरु मार्न तथा काट्न पाउने कानून बनाउन माग गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राईले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानून बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको बताइन् । उनले कानून बनाएर गाई र गोरु मार्न पाउनुपर्ने माग गरिन् ।
माओवादीकी सांसद राईले लिम्बूको संस्कृति मनाउनका लागि गोरुको हड्डी चढाउनुपर्ने परम्परा रहेको बताएकी छिन् ।
त्यस्ता संस्कृति मनाउनेहरूका लागि गाई–गोरु काट्न/मार्न पाउने कानून बनाउन उनले माग गरेकी छिन् ।
राज्यको कुनै धर्म नहुने बताउँदै उनले नेपालको राष्ट्रिय जनावर नै परिवर्तन गर्न पनि माग गरेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया