सुन काण्डका चिनियाँ नागरिकका सहयोगी खरेल पक्राउ

काठमाडौं । ६० किलो ७ सय १६ ग्राम सुन तस्करी काण्डमा प्रहरीले सुमन खरेललाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खरेललाई पक्राउ गरेको जनाएको छ । बुटवल घर भएका सुमनलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी हुन् ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २६ पुगेको छ ।
राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।
हङकङबाट असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सुन रेडी ट्रेड प्रा.लि.ले मगाएको थाहा भएको छ ।
सुन तस्करी काण्डमा हालसम्म पक्राउ पर्नेमा रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया