गौवंश हत्याको विरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौवंश हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आइतबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपा पदाधिकारीको बैठकले भदौ २७ गते बुधबार काठमाडौंमा वृहत् विरोध सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
गौवंश हत्याको विरोध गर्न, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुन:स्थापनाको पक्षमा प्रदर्शन गर्ने उनले बताए ।
‘संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न राप्रपाले र्यालीसहित विरोधसभा गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया