गठ्ठाघरमा अत्याधुनिक मेकअप स्टुडियो सञ्चालन

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा करीव ५० लाख लगानीमा अत्याधुनिक मेकअप स्टुडियो सञ्चालनमा आएको छ ।
गठ्ठाघरमा साञ्ज ग्लोइङ स्टुडियो सञ्चालनमा आएको सञ्चालिका सुजिता लामाले बताएकी छिन् । स्टुडियोमा मेकअपसम्बन्धी सम्पूर्ण काम हुने सुजिताले बताएकी छिन् । मेकअप स्टुडियोमा सुजिता लामा, शुष्मा भुजेल र नमूना श्रेष्ठको संयुक्त लगानी छ ।
महिलाको लागि मेकअप सम्बन्धी कार्यहरू गर्ने लक्ष्यका साथ गठ्ठाघर चोकमा साञ्ज ग्लोइङ मेकअप स्टुडियो तथा एकेडेमी सञ्चालनमा ल्याइएको छ । साञ्ज ग्लोइङका राजधानीमा विभिन्न स्थानमा शाखाहरू छन् ।
मेकअप सम्बन्धी अत्याधुनिक प्रविधि तथा सामाग्रीहरूको प्रयोग गरिएर सेवा प्रवाह गरिने सुजिताले बताएकी छिन् ।
मेकअप स्टुडियोमा मेकअप सम्बन्धी सम्पूर्ण तालिमहरूको व्यवस्था समेत गरिएको छ ।
गठ्ठाघरको मेकअप स्टुडियोमा एक महिनासम्म तालिम तथा मेकअप सम्बन्धीका सम्पूर्ण कार्यहरूमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
मेकअप स्टुडियोमा नेल आर्ट, हेयर कटिङ, हेयर स्ट्रेइट, फेसियल, हाइड्रा फेसियल, हेयर कलर, हेयर कटिङ, थ्रेडिङ, एयर लक, केराटन स्मोथिनलगायतका मेकपअ सम्बन्धीका कार्यहरू आधुनिक तवरले गरिनेछ ।
मेकअप स्टुडियोको साँक्षी लम्सालसहितका कलाकारले उद्घाटन गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया