पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

शुक्रबार शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । छाती दुख्ने समस्या भएपछि शाहलाई अस्पताल भर्ना गरिएको बुझिएको छ ।

शाहलाई छाती दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको बुझिएको छ । उनको स्वास्थ्यको परीक्षण गरिएको छ ।

पूर्वयुवराज शाहलाई खासै गम्भीर समस्या केही देखिएको छैन । शनिबारसम्म शाहलाई डिस्चार्ज गर्ने तयारी छ ।

यसअघि पनि शाहलाई मुटुमा समस्या देखिएको थियो । शाहले मुटुको समस्या सम्बन्धि औषधि खाइराखेका छन् ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

Published : Friday, 2023 September 1, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया