डा.संगीता मिश्रा महानिर्देशकमा नियुक्त, कान्तिको निर्देशकमा डा.राय

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.संगीता मिश्रा नियुक्त भएकी छिन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै डा.मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा.मिश्रा स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत थिइन् । यसअघि विभागको महानिर्देशकमा डा.दीपेन्द्ररमण सिंह थिए ।

उता, कान्ति बाल अस्पतालको निर्देशकमा डा.पंकज राय नियुक्त भएका छन् ।

बुधवार मन्त्री बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै डा.रायलाई निर्देशकमा नियुक्त गरेका हुन् । उनी कान्ति बाल अस्पतालको ११औँ तहका चिकित्सक हुन् । यसअधि कान्ति बाल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला थिए ।

यसैबीच, सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

महाप्रबन्ध छनोट सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये पनेरुलाई नियुक्त गरेको छ । सिफारिस समितिले पनेरुसहित बहुदरमाई नगरपालिका–४, पर्साका उमेशप्रसाद गुप्ता र महालक्ष्मी नगरपालिका–८, ललितपुरका डा.राजकुमार थापाको नाम सिफारिस गरेको थियो ।

Published : Wednesday, 2023 August 30, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया