सुन तस्करी काण्डमा अर्का ‘छुपारुस्तम’ मन्छे पनि पक्राउ

काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेतलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको छ ।

बस्नेतलाई बुधबार काठमाडौं ल्याइएको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) निकट उच्च स्रोतले जनाएको छ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको बुझिएको छ । बस्नेत सिन्धुपाल्चोकका स्थायी बसिन्दा हुन् ।

पाल्पा घर भएका गणेश पौडेल पनि प्रहरीले बुधबार पक्राउ गरेको छ । हङकङबाट रेडी ट्रेड प्रा.लि.को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।

सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र गणेश पौडेल छन् ।

Published : Wednesday, 2023 August 30, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया