धरानमा हर्कराज राईलाई राजा बन्ने सकन चढ्यो, आफै बनाए यस्तो रुप

काठमाडौं । सामाजिक सदभाव बनाउन नसकेको भनेर आलोचना भइरहेका बेला धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राईले आफूलाई तस्बिरलाई राजाको तस्बिर बनाएर सार्वजनिक गरेका छन् ।

नगरप्रमुख राईले मंगलबार बिहान आफ्नो तस्बिरलाई राजाको जस्तो बनाएर सार्वजनिक गरेका हुन् । ट्वीटमार्फत सार्वजनिक गरिएको तस्बिरमा नगरप्रमुख राईले लेखेका छन्, ‘यो त झनै सुहाउने रैछ त मलाई ।’

नगरप्रमुख राईले आफूलाई यसअघि सामाजिक सञ्जालमार्फत राजा बन्न मन लागेको र आफू राजाको सन्तान भएको भनेर लेखेका थिए । त्यो लेखको आलोचना भएका थिए । अहिले त नगरप्रमुख राईले आफ्नो तस्बिरलाई राजाकै बनाएर सार्वजनिक गरेपछि धरानका जनता चकित परेका छन् ।

धरानका जनताले राईलाई नगरप्रमुखमा निर्वाचित गराएको राजाको रुपमा देख्नकै लागि त होइन ? जिज्ञासा उठेको छ ।

नगरप्रमुख राईका हर्कत र गतिविधि पछिल्लो समय निकै आलोचित बनेका छन् । खानेपानी ल्याएर राम्रो काम गरेका राईले सामाजिक सदभाव बनाउन सकेका छैनन् ।

हिन्दुको मन्दिर अगाडि क्रिश्चियनहरूको चर्चा बनाउन दिएका नगरप्रमुख राईले आलोचना खेपिरहेका छन् । चर्च बनाउँदा क्रिश्चियनहरूले पूर्वस्विकृति लिएका थिएनन् । तर, नगरप्रमुख राईले कुनै अबरोध नगरेर चर्च बनाउन दिए । त्यो विवाद अहिले पनि छ ।

नगरप्रमुख राईले धरानमा गौ हत्या गर्न दिएर धार्मिक सदभाव खलबलाउन खोजेका छन् । मिलेर बसेको समाज राईका कारण द्वन्द्वमा जान खोजेको छ । नगरप्रमुख राईलाई स्थानीय तहले धेरै अधिकार दिएको छ । त्यो अधिकारलाई राईले दुरुपयोग गरिरहेका छन् ।

Published : Tuesday, 2023 August 29, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया