कृष्णहरिले मागेरै मन्त्रालय छाडे, दुई सचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले दुई जना सचिवको जिम्मेवारीमा हेरफेर गरेको छ ।
बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव विनोदप्रकाश सिंहलाई संघीय मामिलाको जिम्मेवारी दिइएको छ । सामान्यका सचिव पुष्करले यसअघि पटकपटक प्रधानमन्त्री र मुख्य सचिवलाई भेटेर सरुवा मागेका थिए ।
प्रधानमन्त्रीले संघीय निजामती सेवा ऐनको टुंगो नलागुन्जेल मन्त्रालयमा बसेर काम गर्न निर्देशन दिएका थिए ।
माओवादीको कोटामा मन्त्री बनेका अमनलाल मोदीलाई प्रधानमन्त्रीले हटाएर जनमत पार्टीको नेतृ अनिता देवीलाई मन्त्री बनाइएको थियो ।
सचिव पुष्करले पुन: सरुवा मागेका थिए । संघीयमा ल्याइएका सचिव सिंहले यसअघि गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हालिसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया