अधिवेशन गर्न कडा आदेश, कर्णालीका जिल्लाहरूमा कांग्रेसले प्रशिक्षण अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले स्थानीय चुनाव जितेका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने जनाएको छ ।

बिहीबार सुर्खेतमा बसेको प्रदेश कार्यसमितिको बैठकले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।

वीपी जयन्तीको अवसरमा भदौ २४ र २५ गते २ दिने प्रशिक्षण कार्यक्रम राखिएको छ । कार्यक्रम वीरेन्द्रनगरमा हुनेछ ।

बैठकमा साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको पार्टीको आन्तरिक विशेष अभियानको बारेमा पनि समीक्षा गरिएको छ ।

कांग्रेसले कर्णालीमा जिल्ला सम्मेलन गर्न बाँकी रहेका जिल्लाहरूलाई असोज मसान्तभित्र अनिवार्य सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ ।

Published : Thursday, 2023 August 24, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया