गौरा पर्वमा राष्ट्रिय बिदा दिन तयार छौँ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताएका हुन् ।

सभापति देउवाले गौरा पर्वको दिन बिदा दिनका लागि तिथिभन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने बताएका छन् ।

उनले गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा मनाउने गरिएको बताए ।

सभापति देउवाले गौरा पर्व देशको लागि गौरवको विषय भएको बताएका छन् ।

Published : Thursday, 2023 August 24, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया