कांग्रेसको महिला संघका टीके २० केन्द्रीय सदस्यको अनुशासनहीन काम, कठोर मूल्य चुकाउनुपर्ने

काठमाडौं । नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यहरूले संस्थाको विधान र हित विपरितको कार्य गरेका छन् ।

केन्द्रीय सदस्यहरूले अनुशासनहीन काम गरेपछि हदैसम्मको कारबाहीको माग उठेको छ । संघकी सभापति उषा राउत मिश्रले विधानसम्मत गरेको निर्णयप्रति प्रश्न उठाएर २० जना केन्द्रीय सदस्यहरूले बगावत गरेका छन् । उनीहरूले गरेको बगावतलाई अनुशासनहीन कार्यको आरोप लागेको छ । समानान्तर सभापति घोषणा गर्नुभन्दा अगाडि २० जना केन्द्रीय सदस्यहरूले गगन–शेखरहरूसँग परामर्श गरेका थिए । उनीहरूकै सहयोगमा अनुशासनहीन कार्य गरेका छन् ।

महामन्त्री गगन थापा र नेता शेखर कोइराला निकट मानिने यी २० जना केन्द्रीय सदस्यहरूले मंगलबार विज्ञप्ति जारी गरेर ९ जना जिल्लाहरूमा समानान्तर सभापति घोषणा गरेका छन् । आफू खुसी सभापति, पदाधिकारी र सदस्य घोषणा गरेर अनुशासनहीन कार्य गर्ने हो भने नेपाली कांग्रेस समाप्त हुनेछ । कांग्रेस र भ्रातृ संस्थाहरू कमजोर हुनेछन् ।

गगन–शेखर समूहले बिद्रोह गरेर सिरहामा मीनाकुमारी थापा मगर, सोलुखुम्बुमा छिल्यामु शेर्पा, ताप्लेजुङमा मातृकादेवी प्रसाइँ, महोत्तरीमा अनिता शर्मा, बारामा बबितादेवी कलवार, पर्सामा विद्या श्रेष्ठ, कास्कीमा शारदा गिरी, नवलपरासीमा मीठ्ठु केसी र हुम्लामा ज्ञानु रोकायलाई सभापति बनाएको छ ।

महिला संघको विधान र पद्धति विपरितको अनुशासनहीन कार्य गर्ने केन्द्रीय सदस्यहरूमा प्रभा सुवेदी, श्रीमाया गुरुङ, सृजना दवाडी, विनिता पौडेल, देवी भण्डारी, रमा पौडेल, गंगा गुरुङ, सुमित्रा भट्टराई, गौमती थापा, गायत्री अर्याल, सावित्री पौडेल रहेका छन् ।

विनिता बराल, ऋषिमाया लामिछाने, दुर्गा केसी, सीता कार्की, रीता राना, माया तिमिल्सिना, सावित्री घिमिरे, गंगा आचार्य, गुप्ती गुरुङ, देउकुमारी थापा, गौमाया नेपाली, पार्वती कोइराला, सुनिता भण्डारी, मनु तिमिल्सिना, मिना सुवेदी, पार्वती खनाल, विजया रेग्मी ‘चञ्चला’ र खिममाया अधिकारीले पनि अनुशासनहीन कार्य गर्दै महिला संघलाई ध्वस्त बनाउने हर्कत गरेका छन् ।

गगन–शेखर समूहले महिला संघमार्फत कांग्रेसभित्र समानान्तर कार्यसमिति बनाएर आफ्नो स्वार्थपूर्तिमा लागेको पुष्टि भएको छ । यो हर्कतमा रोक नलागएमा भविष्यमा कांग्रेसलाई ठूलो नोक्सानी हुनेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा मनोनीत भएका टीके केन्द्रीय सदस्यहरूको हर्कतको निकै आलोचना भएको छ । बिद्रोह गर्नुभन्दा अगाडि उनीहरूले केन्द्रीय सदस्यबाट राजीनामा दिनुपर्ने थियो । तर, टीके केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छैनन् । उनीहरूलाई बर्खास्त गर्न माग पनि उठेको छ ।

Published : Tuesday, 2023 August 22, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया