एमालेले राजनीतिक पूर्वाग्रह देखायो

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक पूर्वाग्रही बनेर राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ ।

राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे शीतल निवासमा सर्वदलीय बैठक बोलाएका थिए । एमाले बैठकमा सहभागी भएन । एमालेले राष्ट्रपति पौडेलले अनावश्यक सक्रियता देखाएको आरोप लगाएको छ ।

एमाले उपाध्यक्ष एवं संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिबाट अनावश्यक सक्रियता देखाएपछि बैठकमा नगएको बताएका छन् ।

राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्यका लागि यसअघि प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, नेपाली कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका छन् ।

राष्ट्रपति भएपछि पहिलो पटक प्रतिनिधि सभामा प्रतिनिधित्व भएका सबै दलसँग छलफल गरेका छन् ।

राष्ट्रपति पौडेलले आफ्नो बैठकलाई सक्रियताका रुपमा नलिन आग्रह गरेका छन् । उनले दलहरूको बीच सम्वाद र सहमति भएकोमा खुसी समेत व्यक्त गरेका छन् ।

सरकारलाई अफ्ठ्यारो बनाउँदै आएको एमाले र अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनमा भोग्नु परेको पराजयका विषयलाई लिएर राजनीतिक पूर्वाग्रही बनेर बैठक बहिस्कार गरेको आरोप छ ।

Published : Tuesday, 2023 August 22, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया