काठमाडौं जाँदै गरेको बस दुम्कीबासमा दुर्घटना, २९ यात्रु घाइते

काठमाडौं । नवलपुर जिल्लाको दुम्कीबासमा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन् ।
धनगढीबाट काठमाडौं आउँदै गरेको ०१ ००१ ख २९८६ नम्बरको रात्रिबस मंगलबार बिहान दाउन्नेको घ्युखोलामा पल्टिएको प्रहरीले जनाएको छ । बस ब्रेक फेल भएका कारण पल्टिएको प्रहरीलको प्रारम्भीक अनुमान छ ।
दुर्घटना हुँदा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरू दुई जनासहित कावासोतीमा उपचार हुन नसकेका १२ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
एक बच्चासहित अर्का एक पुरुष गम्भीर घाइते भएका हुन् । दुम्कीबास प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर रहेका छन् । अन्यको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ ।
Published : Tuesday, 2023 August 22, 8:14 am
फेसबुकबाट तपाईको प्रतिक्रिया