कांग्रेस नेतृ डा.राणाद्वारा निवासमा गौराको पञ्च विरुडा भिजाइन्

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.आरजु राणा गौरा पर्वमा विरुडा पञ्चमीको दिन पञ्च विरुडा भिजाएकी छिन् ।
सोमबार डा.राणाले कैलालीको धनगढीस्थित निवासमा गौराका लागि पञ्च विरुडा भिजाएकी हुन् । नेतृ डा.राणाले आफ्नो निवासमा हरेक वर्ष गौरा ल्याउने गरेकी छिन् ।
गौरा ल्याउन डा.राणासहित परिवारका अन्य महिलाले विरुडा पूजा गर्दै भिजाएका छन् । डडेल्धुरामा हुँदा डा.राणाले निवासमा गौरा ल्याउने गरिएको थियो । सो परम्परालाई नेतृ डा.राणाले धनगढीस्थित निवासमा पनि गौरा ल्याउन थालेकी छिन् ।
पञ्चमीका दिन भिजाएको विरुडाले सप्तमीको दिन ल्याइने गौराको पूजा गर्ने परम्परा छ । अष्टमीको दिन अठवालीमा गौरा पूजा गर्न अठवाली फाग गाउँदै गौरा र महेश्वरको पूजा गर्ने परम्परा छ ।
गौरा–महेश्ववर पूजामा प्रयोग भएका विरुडाले आफन्तको पूजा गर्दै आशीर्वाद दिने गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया