गगनको निर्देशनमा केसीद्वारा राप्रपाका अध्यक्ष लिङ्देनसँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् ।

शनिबार राप्रपाका वरिष्ठ नेता नवराज सुवेदीको काठमाडौंस्थित निवासमा कांग्रेस नेता केसी, राप्रपा अध्यक्ष लिङ्देन, कांग्रेस नेता लोकेश ढकालबीच अनौपचारिक राजनीतिक भेटघाट भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

भेटघाटमा राष्ट्रिय राजनीतिका विविध पाटोमा रोचक कुराकानी भएको कांग्रेस नेता लोकेश ढकालले आफ्नो ट्विटरमा लेनेका छन् ।

ढकाल कांग्रेसभित्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गर्नुपर्ने लाइनमा निरन्तर उभिने नेता हुन् ।

कांग्रेस नेता केसी महामन्त्री गगनकुमार थापाका ससुरा हुन् । कांग्रेसमा प्रवेश गर्नुभन्दा अगाडि नेता केसी राजावादी थिए ।

पञ्चायतकालमा नेता केसीले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भनेर राजदरबारमा विन्ती पत्र हालेका थिए ।

अहिले आएर नेता केसीले राप्रपाका अध्यक्ष लिङ्देनलाई भेट्न थालेका छन् । उनीहरूको यो भेट सामान्य मात्रै छैन ।

महामन्त्री थापाले अहिलेको गठबन्धन भत्काएर एमालेसँग मिलेर सरकार बनाउन खोजेका छन् । आफ्ना ज्वाइँको निर्देशनमा केसीले राप्रपासँग कुरा गरेको चर्चा छ ।

Published : Sunday, 2023 August 20, 10:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया