कांग्रेस-माओवादी गठबन्धन पूरा समय रहन्छ : अर्थमन्त्री डा.महत

लहान । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन् ।

बिहीबार सिरहाको गोलबजारमा नेपाली कांग्रसको जिल्लास्तरीय कार्यकर्ता भेलामा डा.महतले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन सरकार चल्ने बताए ।

कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा.महतले भने, ‘निर्वाचन अगाडि हामी एउटै गठबन्धन बनाएर लडेका थियौँ । बीचमा केही गडबड भयो ।’

‘फेरि सँगसँगै आएका छौँ र सरकारले जनतामा उत्साह ल्याउने गरी राम्रो काम गरिरहेको छ’, डा.महतले भने, ‘मलाई पूरा विश्वास छ, यो सरकारले पूरा समय परिणाम दिने गरी काम गर्नेछौँ ।’

उनले पूँजीगत रकमका आकार सानो भएकाले साना योजनामा रकमान्तर गर्न नसकेको बताएका छन् ।

तराई मधेशको कृषिको विकासका लागि सुनकोशी–मरिण डाइभर्सन र कमला सिचाइँ आयोजनालाई सरकारले उच्च महत्व दिएर लागिपरेको उनले बताएका छन् ।

अर्थमन्त्री डा.महतले कार्यकर्तालाई कांग्रेसको संस्थागत निर्णयमा एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् ।

Published : Thursday, 2023 August 17, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया