प्रदीप अधिकारीको अहँकार र दम्भ निकै बड्न थाल्यो, प्रधानमन्त्रीलाई झुठ बोल

काठमाडौं । स्पष्टीकरण काण्डमा ठूलो चलखेल गरेर महानिर्देशक पद बचाएका प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकल स्वामित्वको कम्पनी अर्थात ‘प्राइभेट लिमिटेड’ बनाएर चलाएका छन् ।
महानिर्देशक अधिकारीले प्राधिकरणभित्र मनपरी निर्णय गर्नेदेखि कर्मचारीहरूलाई दमन गरेर राखेका छन् । कर्मचारीहरूलाई आफ्नाविरुद्ध चुस्स बोल्न समेत दिँदैनन् । उनले प्राधिकरणलाई प्राइभेट लिमिटेड बनाएको भनेर कर्मचारीहरूबाट आलोचना भइरहेको छ । महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका राम्रा काम र मान्छेहरूलाई अट्याक गर्न थालेका छन् । एकपछि अर्को गर्दै अधिकारीले मन्त्री किराँती निकटका मानिसहरूलाई दु:ख दिएर हैरान बनाउने रणनीतिमा गएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लामा हेलिपोर्ट बनाउने विषयमा भएको विवादमा बदला लिन महानिर्देशक अधिकारीले सिम्रिक एयर र त्यसका मालिक रामेश्वर थापामाथि निरन्तर हमला गरिरहेका छन् । करोडौं रुपियाँ खर्च गरेर निजी क्षेत्रले हवाइ क्षेत्रमा लगानी गरेको छ । कोरोनाले थला परेको निजी क्षेत्रलाई संरक्षण गर्ने बेला अधिकारीले व्यक्तिगत रिसिबीको बदला लिने कार्य गरेको आरोप छ ।
केही दिन अगाडि सिम्रिक एयरले बक्यौता रकम नतिरेको भनेर उडानमा प्रतिबन्ध लगाइदिए । सिम्रिकले रकम तिरेर सहज उडानमा जान खोजेको थियो । महानिर्देशक अधिकारील फेरि विभिन्न फण्डा गरेर सिम्रिक एयरलाई नोक्सान गर्न खोज्दै छन् । सिम्रिक एयरले मात्रै बक्यौता नतिरेको हो ? अधिकारीले जवाफ दिनुपर्छ । कुन एयरलाईन्सले कति बक्यौता तिर्न छ ? श्वेत पत्र जारी गर्नुपर्छ । बक्यौता नतिर्ने अन्य एयरलाईन्सलाई अधिकारीले प्रतिबन्ध लगाउने हैसियत राख्छन् ? प्रश्न उठेको छ ।
महानिर्देशक अधिकारीको आदेशमा प्राधिकरणका निर्देशक बाबुराम पौडेलले बुधबार पत्र लेखेर थापासँग स्पष्टीकरण माग गरेका छन् ।
तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्क रहेको कर्पोरेट टावरलाई कारबाही किन नगर्ने भन्दै महानिर्देशक अधिकारीले स्पष्टीकरण सोधेका हुन् । भवन बनाउँदा पक्कै पनि नियामक निकायबाट अनुमति लिएर बनेको होला । काठमाडौं महानगरपालिकाले अनुमति दिँदा एयरपोर्टका विषयमा पनि ध्यान दिएको होला । नियम कानून होला । प्राधिकरणको महानिर्देशक भएको व्यक्तिले यो विषयलाई पनि किन बुझ्न सकेनन् ? भवन बनाउन अनुमति दिने काठमाडौं महानगरपालिकालाई कारबाही गर्ने हो कि भवन बनाएको ६/७ वर्षपछि प्रश्न उठाउन हो ?
महानिर्देशक अधिकारीले भवन बनाउने बेलामै किन स्पष्टीकरण सोधेनन् । सिम्रिक एयरका मालिक थापासँग हेलिपोर्ट बनाउने विषयमा विवाद भएपछि अहिले आएर बल्ल अधिकारीको आँखा खुल्यो । अधिकारीले थापालाई काभ्रेपलाञ्चोक जिल्लामा हेलिपोर्ट बनाउन दिने पक्षमा थिएनन् । अधिकारीले आफू निकटको व्यापारीलाई त्यो हेलिपोर्ट बनाउन दिन खोजेका छन् ।
त्यही बदला लिन अधिकारीले थापाको कर्पोरेट भवनमा हमला गरेका छन् । भवन वायुसेवा सञ्चालक संघका अध्यक्ष समेत रहेका क्याप्टेन थापाको स्वामित्वमा छ ।
यससँगै प्राधिकरणले क्याप्टेन थापालाई बुधबार नै २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ । थापाले प्राधिकरणका नियमनसम्बन्धी प्रावधानहरूको नकारात्मक अतिरञ्जना सिर्जना गरी पूर्वाग्रहपूर्ण तरिकाले विज्ञप्ति, समाचार, विश्लेषण, टिप्पणीका नाममा पटक–पटक प्रकाशन/प्रसारण गरेको प्राधिकरणका महानिर्देशक अधिकारीको आरोप छ ।
महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई नै फाल्न खोजेका थिए । माओवादीका मन्त्रीहरूमध्ये सबैभन्दा राम्रो काम किराँतीले गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशंसा गर्दै आएका छन् ।
महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहाललाई समेत झुठ बोलिसकेका छन् । अधिकारीले भैरहवाको एयरपोर्टमा आईएफआर शुरु गर्ने भनेर हल्ला गरेका थिए । अहिलेसम्म उनले आईएफआरको काम शुरु भएको छैन ।
महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रि उडानका लागि एयर लाईन्सहरूलाई आकर्षित गर्नुपर्ने थियो । उनले त्यो पनि गर्न सकेका छैनन् । कहिले ट्याक्सी वे बनाउने भनेर भद्रगोल गरेका छन् । कहिल टर्मिनल भवन बनाउने भनेर भद्रगोल गर्दै आएका अधिकारीले पछिल्लो समय मन्त्री किराँतीलाई निकै अफ्ठ्यारो पार्न थालेका छन् । स्पष्टीकरण काण्डबाट बचेपछि महानिर्देशक अधिकारीको दम्भ निकै बढेर गएको छ । उनी आयोजना प्रमुख बनेर बनाइएका पोखरा र भैरहवा विमानस्थलहरू पानी पर्नेवित्तिकै बन्द हुने अवस्थाका छन् । अधिकारीले ती विमानस्थल के गरेर बनाएका हुन् ? प्रश्न उठेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्ररकरणले मुलुकभरि हलचल ल्याइदिएको छ । प्राधिकरणको महानिर्देशक अधिकारीसँग पनि सुन तस्करीका विषयमा सोधपुछ गर्नुपर्ने माग उठेको छ । किन भने प्राधिकरणले विमानस्थलभित्र कोठा, जग्गा र भवनहरू भाडामा लगाएको छ । कतै ती भाडामा बस्नेहरू पनि सुन तस्करी प्रकरणमा मुछिएका त छैनन् ? प्रश्न उठेको छ । विमानस्थलभित्र पसल गर्ने सुवास श्रेष्ठ यसअघि डलर तस्करी प्रकरणमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । दीपक मल्होत्रा पनि सुन तस्करीका विगतका नाइके नै हुन् । अहिले मल्होत्राले विमानस्थलमा आईएमआई ग्रुपको नाममा भाडामा चलाइरहेका छन् ।
आरोपहरूका बारेमा महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया