नेपाल–भारतले व्यापारलाई बढाउनुपर्छ : भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँग भारतको सम्बन्धलाई हिमालय झैँ उचाइँमा पुर्याउने काम गरिरहेको बताएका छन् ।
बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि चलिरहेको र अझै सम्बन्ध बिस्तार गर्दै जान भारत अघि बढिरहेको बताए ।
राजदूत श्रीवास्तवले केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा पनि भारत र नेपालबीचको सम्बन्ध बढाउन नै बढी जोड दिएको बताए ।
उनले दुई देश बीचको सम्बन्ध बिस्तारले अर्थ व्यवस्था र व्यापार व्यवसायलाई बढाउँदै लैजानुपर्ने बताएका छन् । श्रीवास्तवले भारत अबको ५ वर्षमा विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक बन्ने दाबी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया