सवारी चालकका लागि आवेदन माग

काठमाडौं । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन माग गरेको छ ।
आयोगले सूचना जारी गरेर सवारी चालकका लागि निवेदन माग गरेको छ । योग्यता पुगेका नागरिकहरूले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन्
दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

Published : Wednesday, 2023 August 16, 9:59 am
फेसबुकबाट तपाईको प्रतिक्रिया