सुन काण्डमा श्रेष्ठ र शर्माको मिडिया ट्रायल सफल, प्रचण्ड-महरा र पुनलाई क्षति

काठमाडौं । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रका नेता जनार्दन शर्माले मिडिया ट्रायलमा सफल भएका छन् ।

श्रेष्ठ र शर्मा सुन प्रकरणमा प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताद्वय कृष्णबहादुर महरा र बर्षमान पुनविरुद्ध मिडिया ट्रायलमा सफल भएका हुन् । आफ्ना विरोधीहरूलाई सुन प्रकरणमा विवादित र बदनाम बनाएर गृहमन्त्री श्रेष्ठ र नेता शर्माले सफलता पाएको चर्चा माओवादीभित्र छ ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठले मिडिया ट्रायल गर्दा गृहमन्त्री पद बचेको छ । झण्डै गठबन्धन तोकिएको पनि थियो । श्रेष्ठ अहिलेको गठबन्धन भत्काएर चीनप्रति झुकाब राख्ने एमाले र माओवादीको गठबन्धनमा सरकार बनाउन चाहेका छन् ।

उता, नेता शर्माले महासचिव नपाएको झोँकमा अध्यक्ष तथा प्रधानमन्त्री दाहालसँग बदला लिने प्रयास गरेका छन् । सुन तस्करी प्रकरणमा शर्माले महरा र पुनलाई पनि तानेर आफ्नो व्यक्ति स्वार्थको बाटो सिधा बनाउने प्रयास गरेका छन् ।

गृहमन्त्री श्रेष्ठ र नेता शर्माको गतिविधिले झण्डै माओवादी र नेपाली कांग्रेससहितको गठबन्धन भत्किने प्रयासमा थियो । कांग्रेसले सबै रणनीति बुझेपछि श्रेष्ठ र शर्माको योजनालाई भत्काइदिएको छ ।

गृहमन्त्री श्रेष्ठले लिएका पछिल्ला निर्णयहरू बाहिर हेर्दा सहज देखिए पनि उपयुक्त थिएनन् र छैनन् । नक्कली भुटानी शरणार्थी, नक्कली सुन, चिकित्सकको नक्कली प्रमाणपत्रका विषयमा गृहमन्त्री श्रेष्ठले राजनीतिक पूर्वाग्रह राखेको आरोप छ ।

माओवादीका नेता शर्माले आफू निकटका पत्रकार र सञ्चारमाध्यमलाई प्रयोग गरेर सरकारले गरेका हरेक निर्णय तथा राजनीतिक नियुक्तिविरुद्ध लेखाएको आरोप छ ।

सुनसहितका विभिन्न प्रकरणमा श्रेष्ठ र शर्माले राजनीतिक रोटी सेक्ने ठूलो प्रयास गरेका छन् । महासचिव पद गुमेको शर्मालाई पीडा थियो । अर्थमन्त्री बनेका बेला काम गर्न नसकेको तुष पनि शर्मासँग थियो । श्रेष्ठको गृहमन्त्री पद जाने तयारीमा थियो । गृहमन्त्री बचाउन उनले पनि ठूलो हल्लाखल्ला गरेका छन् । चीनलाई गुन पनि लगाउनु थियो । चीनले भनेअनुसार गर्न नसके पनि गुन लगाउने प्रयास श्रेष्ठले गरेको आरोप छ ।

Published : Tuesday, 2023 August 15, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया