तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।
मंगलबार न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसूरमा दोषी ठहर गरेको छ ।
अदालतले रिजाललाई एक वर्ष कैद, चार लाख बिगो र सोहीअनुरुप जरिवाना हुने आदेश गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो ।
Published : Tuesday, 2023 August 15, 9:31 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया