गृहमन्त्री श्रेष्ठद्वारा चार जिल्लाको सीडीओ परिवर्तन

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरूवा गरेको छ ।
मंगलबार गरेको निर्णयानुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओहरूको सरुवा भएको छ ।
सप्तरीको सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरूवा गरिएको छ । चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सिडिओ बनाइएको छ ।
नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीमा सीडीओ बनाएर पठाइएको छ । धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरिएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको मन्त्रालयले जनाएको छ ।
Published : Tuesday, 2023 August 15, 8:55 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया