विभिन्न कार्यक्रमसहित काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस सम्पन्न

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७औं स्वतन्त्रता दिवस मनाइएको छ ।

उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादीका अमृत महोत्सव’ को एक हिस्साको रुपमा रहेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ भएको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिएका छन् ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरिएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेका बलिदानको स्मरण गरेकी छिन् ।

देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे उनले बताएकी छिन् ।

राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताएकी छिन् । उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएकी छिन् ।

दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.३३ करोड रकम वितरण गरी सम्मान रिएको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए ।

Published : Tuesday, 2023 August 15, 2:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया