दुई-दुई वटा नागरिकता र राहदानी बोकेका रवि लामिछानेलाई नागरिकताबारे के थाहा ? अहिले ठाउँमा आए

काठमाडौं । सबैले गरोध गरेपछि डराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयकमा अहिले आएर घुमाउरो तरिकाले समर्थन जनाएका छन् ।

शुरुमा राजनीतिक खपतका लागि लामिछानेले नागरिकता विधेयकको विरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसले विधेयकका विषयमा सबै कुरा बुझाएपछि लामिछानेको बुद्धि पलाएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई भएको बताए । लामिछानेले जस्तो नागरिकताको समस्या नेपालीहरुलाई होइन । नेपाली भएर नेपाली नागरिकता नपाएको समस्या लाखौं युवाहरुले भागेका छन् ।

लामिछानेले स्वयच्छाले नेपाली नागरिकता त्याग गरेर अमेरिकन नागरिकता ल्याएका हुन् । उनले दोहोरो राहदानी बोकेर अहिले पनि हिँडीरहेका छन् । लामिछानेलाई नागरिकताको कुनै जानकारी छैन ।

हल्का रुपमा नागरिकता विधेयकको विरोध गरेर सभापति लामिछानेले लाखौँ युवाहरुको मन दुखाएका छन् । लामिछानेको विरोध गरेर विभिन्न ठाउँमा पुत्ला जलाएपछि संसदको रोष्टममा उभिएर विधेयकको घुमाउरो भाषामा समर्थन गरेका छन् ।

समर्थन नै गर्नु थियो भने किन विधेयकको विरोध गरेको हो ? प्रश्न उठेको छ । कथित राष्ट्रियताको कुरा उठाउने सभापति लामिछानेलाई नेपालभित्रको समस्या थाहा छैन । लामिछाने राम्रोसँग बोल्न सक्छन् । तर, राम्रो बोल्दैमा जनताको नागरिकताको समस्या उनलाई थाहा छैन ।

सभापति लामिछानेले अहिले आफूलाई नागरिकताको विरोधी भनेर देखाउन खोजिएको भनेर चिन्ता जनाएका छन् । लामिछानेले नागरिकता विधेयकको जस लिन खोजेका छन् ।

Published : Friday, 2023 June 9, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया