मुनादेवीलाई बबरमहलबाट पक्राउ

काठमाडौं । प्रहरीले ४५ वर्षीया मुनादेवी कार्कीलाई ठगीको अभियोगमा पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापाको दमक नगरपालिका–१० घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ बस्ने कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर ठगी गरेकी थिइन् ।

१ जना पीडितबाट पटक पटक गरी ४ लाख ५० हजार रुपियाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

विभागले पक्राउ गर्न भनेपछि कार्कीलाई काठमाडौं महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2023 June 7, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया