किसानका लागि नजिकको साथी बने अर्थमन्त्री डा.महत, विदेशी तरकारीलाई भ्याटमा हालिदिए

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले भारतसहित बाह्य मुलुकबाट आयात हुने तरकारीमा भ्याटको व्यवस्था लागू गरेका छन् ।

तरकारीको स्वदेशी उत्पादनलाई बढावामा प्रोत्साहन गर्न डा.महतले विदेशबाट आयात हुने तरकारीमा भ्याट लगाइदिएका हुन् ।

भ्याटको प्रावधान हुँदा तरकारी आयातमा केही प्रभाव पर्नेछ । स्वदेशमा उत्पादन भएको तरकारीले बजार पाउनेछ ।

अर्थमन्त्री डा.महतले किसानहरुको समस्या समाधान गर्न विदेशबाट आयात हुने तरकारीको करको दायरा र प्रावधानमा हेरफेर गरेर असल बजेट ल्याइदिएका छन् ।

भारतसहितका देशबाट आयात हुने तरकारीका कारण स्वदेशी तरकारीले बजार पाउन सकेको थिएन । बजार पाउन नसकेको र प्रतिस्पर्धा गर्न नसकेपछि स्वदेशी किसानहरुले तरकारीलाई सडकमा फालेर प्रदर्शनसम्म गर्नु परेको थियो । कतिपय किसानले तरकारी खेती गर्न लिएको ऋण तिर्न नसकेर सडकको बास बस्नु परेको छ ।

Published : Wednesday, 2023 June 7, 6:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया