राप्तीका दुई किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने ५ जना मुसलमानहरु पक्राउ

मसुरिया । जिल्ला प्रहरी कार्यालय दाङले राप्ती गाउँपालिकका दुई जना नाबालिकालाई जबरजस्ती करणी गर्न खोज्ने ५ जना मुसलमानहरुलाई पक्राउ गरेको छ ।

राप्ती गाँउपालिका वडा नं. ३ मसुरिया बस्ने १४ वर्षीया रानी र उनकी १२ वर्षीया बहिनी वर्षा (नाम परिवर्तन)लाई जेठ १४ गते राति जबरजस्ती मोटरसाइकलमा राखेर लमहीको रातोमाटाडाँडामा रहेको घरमा लगेर जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १६ का सलमान (नाम परिवर्तन), बर्ष १८ को गढवा ६ कै दिलसान अहमद, बर्ष १६ को गढवाकै जाकिर (नाम परिवर्तन), गढवा गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २० को सोहोल भन्ने सुहेल खान र कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ मैतहवा घर भई हाल गढवा गाउँपालिका वडा नं.६ बस्ने बर्ष ३० को जादेव भन्ने जादिब अलि नाउ रहेको दाङ प्रहरीका प्रवक्ता तथा प्रहरी नाउब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।

गढवा गाउँपालिका वडा नं. ६ बुद्धज्योति टोल बस्ने निरुता परियारको घरकोठाबाट पीडित बालिकाहरुलाई मोटरसाईकलमा लिई गई लमही नगरपालिका वडा नं. ५ लमही रातोडाँडास्थित डेरा कोठाभित्र ५ जनाले जबरजस्ती करणी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

जेठ १८ गते पीडितले दिएको जाहेरी दरखास्तको आधारमा पाँच जनालाई पक्राउ गरी जेठ १८ गते दाङ जिल्ला अदालतमार्फत जबरजस्ती करणी उद्योगमा ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2023 June 6, 3:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया