भारतद्वारा सप्तरीमा एलपीजी ग्यासको चुलोसहितका सामान वितरण

काठमाडौं । भारत सरकारद्वारा सप्तरी जिल्लामा एलपीजी ग्यास चुलो, सिलिन्डर र अन्य सामान हस्तान्तरण गरेको छ ।

भारतका महावाणिज्यदूत नितेश कुमार र नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले तिरहुत गाउँपालिकामा विपन्न परिवारलाई २७५ थान एलपीजी ग्यास चुल्हो, सिलिन्डर र अन्य सामान संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

सर्लाही, रौतहट र सप्तरी जिल्लाका विपन्न परिवारलाई भारत सरकार द्वारा कुल ३ हजार सेट ग्यास चुलो र १४.२ केजी सिलिन्डर र नियामक तथा पाइप लगायतका अन्य सामान उपहार स्वरुप प्रदान गरिएको हो ।

सर्लाही जिल्लाको कौदेना नगरपालिकामा १९ अप्रिल, २०२३ मा करिब ५०० सेट वितरण गरिएको थियो ।

विजय यादव, तिरहुत गाउँपालिका अध्यक्ष, नरेन्द्र कार्की, सप्तरीका एसपी राधा कायस्थ, उपाध्यक्ष, नेपाल–भारत महिला मैत्री समाज, कार्यक्रममा स्थानीय पत्रकार र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 June 6, 6:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया