प्यूठान २ मा कांग्रेसको क्षेत्रीय सम्मेलन, सभापतिद्वय गिरी र राणाद्वारा पहिलो पार्टी बनाउने प्रतिवद्धता

प्यूठान । नेपाली कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले कांग्रेसलाई एकढिक्का बनाएर प्यूठानमा पहिलो पार्टी बनाउनुपर्ने चुनौति रहेको बताएका छन् ।

सोमबार प्यूठानको बिजुवारस्थित आयुष्मा होटलमा आयोजित नेपाली कांग्रेस प्यूठानको प्रदेश सभा क्षेत्र नं. २ को क्षत्रीय सम्मेलनमा गिरीले जिल्लामा पहिलो पार्टी बनाइ अर्को चुनावमा कांग्रेस एकलै लड्न सक्ने बनाउनुपर्ने बताएका हुन् ।
उनले नेता कार्यकर्तालाई इमान्दारिताले संगठन निर्माणको काममा लाग्न आग्रह गरेका छन् ।

सभापति गिरीले पार्टीलाई गतिशील बनाउन जिल्ला कार्यसमितिले विभिन्न कार्यक्रम अगाडि बढाएको बताएका छन् । उनले पार्टीलाई व्यवस्थित रुपमा अगाडि बढाउन पार्टीको जिल्ला कार्यालय बनाउने प्रकृया अगाडि बढाउने बताएका छन् । उनले पार्टी कार्यालय बनाउने कार्यमा सहयोगको अपील पनि गरेका छन् ।

नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति तथा लुम्बिनी प्रदेश सभाका सदस्य रोज राणाले प्यूठानको विकासमा आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् ।

राणाले जिल्लाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताएका हुन् । राणाले आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यावाद दिन पनि विकासका आयोजनाहरू ल्याउनुपर्ने बताएका छन् । उनले बाग्दुला, बहाने, स्याउलिवाङ, बाग्लुङ सडकका लागि आफूसहितका नेताहरूको पहलमा काम अगाडि बढाएको बताए ।

उनले सो सडक निर्माणले त्यस क्षत्रको विकासको द्वार खोल्ने उल्लेख गरेका छन् । अहिले प्रदेश सरकार बजेटको तयारीमा जुटेकाले परिणाममुखी बजेट योजनाका लागि आफू लागेको प्रदेश सभा सदस्य राणाले बताएका छन् ।

प्यूठान कांग्रेसका सचिव एनपी मगरले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको भावना बुझेर अगाडि बढ्नसके जनताबाट सधैँ माया पाउन सकिने बताएा छन् ।

कांग्रेसको लुम्बिनी प्रदेश सभा सदस्य सुवास केसीले कांग्रेसलाई एकढिक्का बनाउन कार्यकर्ताका मागलाई नेताहरूले सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले कांग्रेसका कार्यकर्ताको सिफारिसमा विकासका योजनाहरू ल्याइनुपर्ने बताएका छन् ।

कार्यक्रममा पालिकाका सभापतिहरू, महाधिवेशन प्रतिनिधि, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए ।

सभापति तथा प्रदेश सभा सदस्य राणाले आफ्नो निर्वाचन क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेको नयाँ बजेटमा राख्ने विकासका कार्यक्रमका बारेमा पनि सुझाव मागेका छन् । सभापति गिरीले पनि राणालाई विभिन्न सुझावहरू दिएका छन् ।

Published : Monday, 2023 June 5, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया