चौधरीद्वारा लुम्बिनी सरकारसँग निर्वाचन क्षेत्रका लागि विकासका कार्यक्रम माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारसँग विकासका आयोजनाहरू माग गरेका छन् ।

चौधरीले नवलपरासी क्षेत्र नं. १ का लागि आर्थिक वर्ष २०८०/८१ को बजेटमा कार्यक्रमहरू माग गरेका हुन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीलाई योजनाहरू बुझाएका छन् ।

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।

Published : Monday, 2023 June 5, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया