भारतले अहिले दिएको राँगाहरू ओलीले नै मागेको पुष्टि, कति ढोँगी छ एमाले

काठमाडौं । भारतले उपहारमा दिएको १५ वटा मुर्रा जातको राँगा ६ वर्ष अगाडि नै एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले मागेको खुलेको छ ।

ओलीले भारतसँग १५ वटा राँगा मागेका थिए । भारतले त्यो बेला राँगा दिएको थिएन । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारत भ्रमणमा गएका बेला दिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले राँगाका विषयमा धेरै आलोचना भएपछि ६ वर्ष अगाडि नै तत्कालीन प्रधानमन्त्री ओलीले भारतसँग राँग मागेको खुलासा गरिदिएका हुन् ।

ओलीले पनि संसदमा बोल्ने क्रममा आफूले नै भारतसँग १५ वटा राँगा मागेको स्वीकार गरेका छन् । ओलीले प्रधानमन्त्री दाहाललाई १५ वटा राँगा भारत भ्रमणको उपलब्धि भएको भनेर आलोचना गरेका छन् ।

भारतले नेपाललाई दिएको १५ वटा राँगाको विषयमा एमालेले संसदमा हँगामा मच्चाएको छ । प्रधानमन्त्री दाहालले रागाको विषयमा खुलासा गरेपछि स्वीकार गर्न ओली बाध्य भएको छ । एमाले कति लाचार, अहँकारी र ढोँगी छभन्ने कुराको पुष्टि भएको छ ।

Published : Monday, 2023 June 5, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया