बुद्ध एयरका पाइलटलाई कारबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका एक जना पाइलटलाई कारबाही गरेको छ ।

हवाई सुरक्षामा आँच आउने गतिविधि गरेको अभियोगमा प्राधिरणले ती पाइलटलाई कारबाही गरेको जनाएको छ । कारबाहीमा परेका पाइलटको नाम भने सार्वजनिक गरिएको छैन ।

जहाज उडाने क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी प्राधिकरणमा परेको थियो ।

पाइलटलाई एक्टिभ ड्युटीबाट हटाइएको प्राधिकरणले उल्लेख गरेको छ । अभियोग लागेका विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ ।

Published : Monday, 2023 June 5, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया