नराम्रोसँग नाङ्गिएपछि एमालेले प्रधानमन्त्रीलाई संसदमा बोल्न दिएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा उठेका जवाफ दिने क्रममा मन नपरेपछि एमालेका सांसदहरूले विरोध गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले बोल्दै गर्दा एमालेका सांसदहरूलाई विरोध जनाएका छन् ।

एमालेका सांसदहरूले प्रधानमन्त्री दाहाललाई जवाफ दिन र बोल्न नदिएपछि नेपाली कांग्रेस र एमालेसहितका सत्तापक्ष दलका सांसदहरूले विरोध गरेका थिए ।

प्रधानमन्त्री दाहालले नागरिकता विधेयक दुई पटक प्रतिनिधि सभाबाट पारित भएको र प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयमा पठाएको बताएका थिए ।

नागरिकता विधेयकमा एमाले नराम्रो तरिकाले नाङ्गिएपछि विरोधमा उत्रिएको छ । एमालेका सांसदहरूले प्रधानमन्त्री दाहाललाई संसदमा बोल्न समेत अबरोध गरेका छन् ।

Published : Monday, 2023 June 5, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया